सर्वोच्चको गेट अगाडी मट्टितेल छर्किएर आत्मदाहको प्रयास

सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । आइतबार एक महिलाले मट्टितेल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन् ।

सर्वोच्चको गेट अगाडी मट्टितेल छर्किएर आत्मदाहको प्रयास
काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि एक महिलाले मट्टीतेल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले आइतबार मध्यान्ह सर्वोच्चको गेट अगाडि पुगेर आत्मदाहको प्रयास गरेकी हुन् । रावललेले आत्मदाह गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ । उनलाई वीर अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । गिरी र रावलबिच पारिवारिक विवाद रहँदै आएको छ ।