बागलुङ । बागलुङ नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी भएका छन् ।
शनिबार राति प्राप्त मतपरिणामअनुसार रानाले जम्मा खसेको ९८५ मत मध्ये ४३४ मत लिएर बिजयी भएका हुन् । यस्तै अध्यक्षका अर्का प्रत्यासी जयराम भारीले ४०८ मत प्राप्त गरेका छन् । यस्तै अध्यक्षकाअर्का प्रत्यासी भुपेन्द्र खड्काले ८५ र सुभास अचार्यले १ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा हरीबहादुर जिसी बिजयी भएका छन् । जिसी भारी प्यानलका हुन् । जिसीले ४४७ मत प्राप्त गर्दा अर्का प्रत्यासी रतनप्रसाद मलेपतीले ४४३ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा राना प्यानलकै जीवन आचार्य बिजयी भएका छन् । आचार्यले ४७४ मत प्राप्त गर्दा अर्का प्रत्यासी निर्मल बहादुर श्रेष्ठले ४३७ मत प्राप्त गरे । कोषाध्यक्षमा कृष्ण शर्मा बिजयी भएका छन् । शर्माले ५०० मत प्राप्त गरेर बिजयी हुदा थानेश्वर सुवेदीले ३८५ मत प्राप्त गरे ।
नगर खानेपानीको सदस्यमा कुलराज शर्मा, शिव आचार्य, कालिका सापकोटा, गुमादेवि श्रीस छन्त्याल र हुमा देवी खड्का निर्वाचित भएको निर्वाचन समितिका संयोजक चित्राङ्गत बरालले जानकारी दिए ।
बागलुङ नगर खानेपानीको अध्यक्षमा केबी राना बिजयी
यस्तै उपाध्यक्षमा हरीबहादुर जिसी बिजयी भएका छन् । जिसी भारी प्यानलका हुन् । जिसीले ४४७ मत प्राप्त गर्दा अर्का प्रत्यासी रतनप्रसाद मलेपतीले ४४३ मत प्राप्त गरेका छन् ।

