काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँको १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको वोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) ३ करोड ३० लाख रुपैयाँ नगद लाभाँससहित आफ्ना शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनश शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भएर ५ अर्ब २ करोड ७० लाख रुपैयाँ कायम हुनेछ ।
सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरी सभा सम्पन्न गरेको थियो ।
शिवम् सिमेन्ट्सका शेयरधनीले पाउने भए १५ प्रतिशत लाभांस
साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांस वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

