काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेहरूको सनाखत भएको छ। शुक्रबार राति पुलबाट भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा नेपालगन्जका ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौँडाका ३९ वर्षीय सौरव विष्ट, काठमाडौं चन्द्रागिरी नगरपालिका–१५का ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९का ४० वर्षीय मुनबहादुर बस्नेत, बाँकेका ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोटका २५ वर्षीय दिपक कामी, भारत विहारका ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तर प्रदेशका ३१ वर्षीय अतिकुल्ला खैरे, बाँके खजुराका २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुरका ३५ वर्षीय अनिल खड्का, भारतका ४५ वर्षीय चेतराम शिल्पकार र बाँके खजुराका २८ वर्षीय अर्जुन थापा रहेका छन्। थप घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
भालुवाङ बस दुर्घटना : १२ जना मृतककै सनाखत
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेहरूको सनाखत भएको छ। शुक्रबार राति पुलबाट भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।

