ढोरपाटन घुम्न गएको जिप दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखद

उनीहरूको बुर्तिबाङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर बिरामीलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइरहेको प्रदेश सांसद दिलमाया पैवीले जानकारी दिइन् ।

ढोरपाटन घुम्न गएको जिप दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखद
काठमाडाैं । बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जिप दुर्घटना भएको छ । शनिबार बुर्तिबाङ बजारबाट ११ जना यात्रुलाई लिएर ढोरपाटन जाँदै गरेको ध १ ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका -५ प्याङखोलामा दुर्घटना भएको हो । जिपमा सवार सबै यात्रुहरू काठमाडौंबाट ढोरपाटन घुम्नका लागि बुर्तिबाङ पुगेर जिप रिर्जभ गरेका थिए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार जिपमा सवार मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक ढोरपाटन नगरपालिका खुंगाका २७ वर्षीय तिलक घर्ती र काठमाडौं जिल्ला चन्द्रागिरी नगरपालिका -१० की २८ वर्षीया संगिता अधिकारी गैरे रहेका छन् । दुर्घटना परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेकाे छ । अन्य ३ जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक केसीले न्यूज खरीलाई जानकारी दिए । उनीहरूको बुर्तिबाङ प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइरहेको प्रदेश सांसद दिलमाया पैवीले जानकारी दिइन् ।