रात्री बस दुर्घटना अपडेट : चार जनाको घटनास्थलमै मृत्यु

दाङको भालुवाङमा भएको बस दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको छ । अरू घाइतेहरूलाई अस्पताल लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । 'चार जनाको घटनास्थलमै मृत्यु भइसक्यो ।

रात्री बस दुर्घटना अपडेट : चार जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । दाङको भालुवाङमा भएको बस दुर्घटनामा चारजनाको घटनास्थलमै ज्यान गएको छ । अरू घाइतेहरूलाई अस्पताल लगिएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए । 'चार जनाको घटनास्थलमै मृत्यु भइसक्यो । बाँकीलाई तुरुन्तै अस्पताल ल्याउने व्यवस्था गरेका छौँ,'उनले भने । उनका अनुसार सामान्य घाइतेलाई लमही पठाइएको छ । गम्भीर घाइतेलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा व्यवस्था मिलाइएको छ । शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।