काठमाडौं । बाल यौन शोषण र व्यक्ति बेपत्ता बनाएको अभियोगमा पुर्पक्षको लागि जेल चलान भएका कथित तपस्वी रामबहादुर बम्जनले कारागारमा ध्यान गर्न थालेका छन् ।
बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले शुक्रबार बिहान केहीबेर ध्यान गरेका हुन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो ।
यसअघि उनले ध्यान योग र तपस्या केही नगर्ने गरेको तथ्य खुलेको थियो । बम्जनले शुक्रबार बिहान केही समय ध्यान गरे पनि धेरै समय गरेनन् । एक सुरक्षाकर्मीले भने, “बिहान केहीबेर ध्यान गरे । त्यसपछि गरेनन् ।”
कारागारमा उनी शान्त छन् । शालीन शैलीमा बोलिरहेका छन् । बम्जनले अरुलाई खाना खाएको भन्सा र भाडाँमा समेत आफ्नो लागि खाना नबनाउन भनेका छन् ।
कारागार प्रशासनका एक जनाले भने, “उनले खाना पनि छुट्टै पकाएर दिन भनेका छन् । मासु र लसुन, प्याज नहालेको दाल, तरकारी मागेका छन् । सकेसम्म छुट्टै चुल्हो प्रयोग गर्न भनेका छन् ।”
कारागारमा बम्जनसँगै अरू ५ ७ जना जोगी कैदी पनि छन् । बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिने कारागारले जनाएको छ । बम्जन बिहीबार साँझ सवा सात बजे जलेश्वर कारागार पुगेका थिए ।
गएको मंगलबार काठमाडौं हात्तीगौंडाबाट उनी पक्राउ परेका थिए । बम्जनलाई बिहीबार राति प्रहरीले सर्लाही पुर्याइएको थियो । बिहीबारै सर्लाही जिल्ला अदालतमा पेश भएका थिए । बिहीबारै बम्जन पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जलेश्वर कारागारमा पुरुष कैदी बन्दीलाई मात्रै राख्ने गरिएको छ । महिला कैदीबन्दीलाई भने सिन्धुली कारागार पठाइन्छ । जलेश्वर कारागारमा हाल ६ सयभन्दा धेरै कैदीबन्दी छन् । एक किशोरीलाई सर्लाहीको पत्थरकोट आश्रममा बस्दा बम्जनले बलात्कार गरेको अभियोगमा जेल परेका हुन् ।
रामबहादुर बम्जनले मागे छुट्टै चुल्होमा पकाएकाे खाना
बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले शुक्रबार बिहान केहीबेर ध्यान गरेका हुन् । सर्लाहीमा कारागार नहुँदा उनलाई महोत्तरी कारागार लगिएको हो ।

