१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का ३५ वर्षीय पत्थरसिंह राई छन् । बुधबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको राईमाथि आरोप छ । घटनाबारे थप अनुसन…

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । उदयपुरमा १३ वर्षीया बालिकाको बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–७ का ३५ वर्षीय पत्थरसिंह राई छन् । बुधबार साँझ प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ती बालिकालाई आफ्नै घरमा लगेर बलात्कार गरेको राईमाथि आरोप छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ