भीमाद जिप दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो, १० जना घाइते

काठमाडौं । तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट…

भीमाद जिप दुर्घटना अपडेट : मृतकको संख्या २ पुग्यो, १० जना घाइते
काठमाडौं । तनहुँमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए । बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो । खाँणका अनुसार अन्य १० घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै ३ जनाको अवस्था सामान्य रहेको उनले बताए ।