कोसीका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

काठमाडौं । कोसी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मंगलबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । विष्ट आज नै सभ…

कोसीका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले लिए शपथ
काठमाडौं । कोसी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाका नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मंगलबार साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । विष्ट आज नै सभामुखमा सर्वसम्मत रूपमा निर्वाचित भएका हुन् ।