आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा शर्मा नियुक्त

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा ग…

आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेजको सीईओमा शर्मा नियुक्त
काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित भेन्चर हायर पर्चेज कम्पनीको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा बाबुराम शर्मा नियुक्त भएका छन् । भेन्चर हायर पर्चेजमा बिजनेश हेडको रुपमा साढे तीन बर्ष अगाडी प्रवेश गरेका शर्मालाई मंगलवार बसेको बोर्ड बैठकले कम्पनीको महाप्रबन्धकबाट सीईओमा बढुवा गर्ने निर्णय गरेको हो । डेढ दशकभन्दा बढी आइएमई ग्रुपमा काम गरेका शर्मा आईएमई फाइनान्सबाट ग्रुपमा प्रवेश गरेका थिए। पछि फाइनान्स बैंकसंग मर्ज भएपछी बैंक हुँदै ४ बर्ष आईएमई मोटर्स बिरगंजको प्रमुख समेत भएर काम गरीसकेका छन् । सरकारी जागीर छोडेर बैङ्किङ सेवातिर लागेका उनले बैंकिङ्ग र अटोमोबाइल क्षेत्रमा विशेष दख्खल राख्छन। त्रिभुवन बिश्वविद्यालयबाट अर्थशात्र र अंग्रेजीमा स्नातकोत्तर गरेका उनले म्यानेजमेन्ट डेभलमेन्ट कलेज (म्यान) बाट ईएमबीए समेत गरेका छन् । आइएमई ग्रुप अन्तर्गतको वित्तिय कम्पनी भेन्चर हायर पर्चेज नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कारोवार गर्न इजाजत प्राप्त संस्था हो । ३० करोड चुक्ता पुँजी रहेको कम्पनीले अहिले बजारमा दुई अर्व भन्दा बढी लगानी गरेको छ।