विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् ।
प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरिन् । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका छन् ।
अब,विष्टले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने छन् । विष्ट गत निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित भएका थिए । झापाको गौरादह नगरपालिका(७का बासिन्दा ७० वर्षीय विष्ट संघीयता र गणतन्त्रका प्रखर विरोधी मानिन्छन् ।
तर,नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपा गरी सबै गणतन्त्रवादी दलहरूको समर्थनमा कोशी प्रदेशको सभामुख बनेका हुन् ।
गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त थियो । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।
कोशी प्रदेशसभाको सभामुखमा विष्ट सर्वसम्मत चयन
विराटनगर । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् । प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेक…

