सिंहदरबारमा रास्वपाको सचिवालय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समस…

सिंहदरबारमा रास्वपाको सचिवालय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । मंगलबार दिउँसा साँढे २ बजेदेखि सिंहदरबारस्थित दलको कार्यालयमा सचिवालय बैठक सुरु भएको रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनका अनुसार सचिवालय बैठकमा पार्टी लेबी र शुल्क सम्बन्धित, समसामयिक राजनीति र पार्टीका केही विभागका कार्यदलको म्याद थपका विषयमा छलफल हुने छ । गत मंसिर दोस्रो साता महोत्तरीको जलेश्वरमा बसेको बैठकबाट पार्टी लेबी र शुल्कका सन्दर्भमा एउटा कार्यदल बनाएको थियो । रास्वपाको सचिवालय १२ सदस्यीय छ।