अब हामीलाई अनागरिक नबनाइयोस्

खै तिम्रो सुशासन खै तिम्रो पारदर्शिता चुनावमा जनतामाझ आश्वाशन बाँडेका हैनौं प्रणाली सुधार्छु भनेका हैनौं बेथिति सुधार हुन्छ कि भनेर आवाज बुलन्द गर्न नपाउने कस्तो सरकार कस्तो नियम जहिल्यै तिमीहरूका गुणगान गाउनु पर्ने सचेत नागरिक भएर पनि चुप लागेर बस्नुपर्ने जनताले पाउनुपर्ने सुविध…

अब हामीलाई अनागरिक नबनाइयोस्
खै तिम्रो सुशासन खै तिम्रो पारदर्शिता चुनावमा जनतामाझ आश्वाशन बाँडेका हैनौं प्रणाली सुधार्छु भनेका हैनौं बेथिति सुधार हुन्छ कि भनेर आवाज बुलन्द गर्न नपाउने कस्तो सरकार कस्तो नियम जहिल्यै तिमीहरूका गुणगान गाउनु पर्ने सचेत नागरिक भएर पनि चुप लागेर बस्नुपर्ने जनताले पाउनुपर्ने सुविधामा असहज हुँदा पक्षपात हुँदा र स्रोत साधनको अभाव हुँदा जनगुनासो व्याप्त भइरहँदा हामी सहेर बस्नुपर्ने नाथे एउटा जागिरे होस् जागिर जाला फेरि भनेर धम्की खानुपर्ने जागिर गर्दागर्दै राजनिति गर्दै ठूला पदमा पुगेका धेरैलाई देखेका छौं यो वा त्यो बहाना अब हामीलाई अनागरिक नबनाइयोस् बेथिति,विकृति,अनिमियतता जस्ताको विषयमा बोल्न पाईयोस् बोल्न र लेख्न पाउने हक हनन् नगरियोस् धन्यवाद ! -हमाल घर्तीमगर, बडिगाड गाउँपालिका