पेवेल नेपाल र नेपाल रेमिटबीच सम्झौता

पेवेल नेपाल प्रालि र नेपाल रेमिटले दुवै कम्पनीका ग्राहकहरुलाई फाइदा पुर्याउने र नेपालको डिजिटल अर्थतन्त्रको बुद्धिमा योग्दान पुर्याउने अपेक्षा राखिएको छ ।

पेवेल नेपाल र नेपाल रेमिटबीच सम्झौता
काठमाडौं । पेवेल नेपाल लिमिटेड र नेपाल रेमिटबीच सम्झौता भएको छ । सम्झौताले दुवै कम्पनीका ग्राहकलाई सहज र सुरक्षित डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । उक्त सम्झौताले पेवेल नेपाल र नेपाल रेमिट दुवै कम्पनीका ग्राहकहरुलाई विभिन्न प्रकारका फाइदाहरु लिन सक्षम पार्नेछ, जसमा -छिटो र अधिक सुविधाजनक रेमिट्यान्स सेवाहरु -सुरक्षित र निर्वाध डिजिटल भुक्तानी -वित्तीय सेवाहरुको फराकिलो दायरामा पहुँच पर्दछ 'हामी हाम्रा ग्राकहरुलाई वित्तीय सेवाहरुको थप छिटो र अधिक सुविधाजनक रेमिट्यान्स सेवा प्रदान गर्न नेपाल रेमिटसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं,' पेवेल नेपालका सहयाक सीईओ प्रज्वल आचार्यले भने 'यस साझेदारीले हामीलाई हाम्रा ग्राहकहरुको विकसित आवश्यकताहरु पूरा गर्ने नवीन समाधानहरु प्रदान गर्न हाम्रो शक्ति र विशेषज्ञताको लाभ उठाउन सक्षम बनाउँछ ।' त्यस्तै, 'नेपाल रेमिटका कार्यकारी अध्यक्ष रितेश मित्तलले भने हामी हाम्रा ग्राहकहरुलाई पैसा हस्तान्तरण गर्न अझ सहज र सुरक्षित तरिका प्रदान गर्न पेवेल नेपालसँग सहकार्य गर्न पाउँदा खुसी छौं ।' पेवेल नेपाल प्रालि र नेपाल रेमिटले दुवै कम्पनीका ग्राहकहरुलाई फाइदा पुर्याउने र नेपालको डिजिटल अर्थतन्त्रको बुद्धिमा योग्दान पुर्याउने अपेक्षा राखिएको छ ।