राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ। एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो। अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्र…

राष्ट्रियसभा निर्वाचन : कोशीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कोशीमा उम्मेदवारी दर्ता गरेको छ। एमालेले कोशीको अन्य क्लस्टरमा भोजपुरका परशुराम अधिकारी र महिला क्लस्टरमा सुनसरीकी रुक्मिणी कोइरालाको उम्मेदवारी दर्ता गराएको हो। अधिकारीको प्रस्तावकमा प्रदेश सांसद सिर्जना राई र समर्थकमा जयप्रकाश चौधरी छन्। कोइरालाको प्रस्तावकमा रामप्रसाद महतो र समर्थकमा शिला दिक्षीत कार्की छन्। भोजपुरका अधिकारी पूर्वमाओवादी हुन्। नेकपा विभाजनपछि एमालेमै बसेका अधिकारी अहिले केन्द्रीय सदस्य छन्। कोइराला सुनसरीकी पुराना नेता हुन्। राष्ट्रिय सभाका लागि कोशीमा दुई सिटमा निर्वाचन हुँदैछ।