काठमाडौं । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।
मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताइन् । मृतक दुवै जना भारतीय हुन् । चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।
शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।
घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको विशेष टोली नै लामो समयदेखि भरतपुरमा बस्दै आएको छ । उनीहरुले भारतीय प्रहरीसँग पनि समन्वय गर्दै हत्याको अनुसन्धान गरेका थिए ।
शवको ३ हप्ता अघि नै पहिचान खुले पनि प्रहरीले हत्यारा पक्राउ नपरेका कारण सार्वजनिक गरेको थिएन । अहिले हत्यारालाई भारतबाट नै पक्राउ गरिएको चितवन प्रहरीका एक अधिकृतले बताए । ती शवहरु भरतपुर अस्पतालको शव गृहमा राखिएका छन् ।
हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।
चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत
काठमाडौं । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख किरण बज्राचार्यले बताइन् । मृतक द…

