बरहथवा घटना : ११ बुँदे सहमतिपछि आफन्तले बुझे साहको शव

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जय शङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् । आइतबार राति ९ बजे घटनास्थलबाट उठाइएको मृतकको शव राति नै पोस्टमार्टमपछि परिवारले बुझेर लगेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहर…

बरहथवा घटना  : ११ बुँदे सहमतिपछि आफन्तले बुझे साहको शव
सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जय शङ्कर साहको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात परिवारले बुझेका छन् । आइतबार राति ९ बजे घटनास्थलबाट उठाइएको मृतकको शव राति नै पोस्टमार्टमपछि परिवारले बुझेर लगेका सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पन्जियार थारुले बताए । जिल्ला प्रशासन कार्यालयमा आइतबार साँझ अबेर ११ बुँदे सहमति भएपछि मृतक साहको शव ७८ घण्टापश्चात् घटनास्थलबाट उठाइएको हो । मृतकको शव घटनास्थलबाट उठाइएसँगै बरहथवा बजारको अवस्था आज (सोमबार) सामान्य छ । यस घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव तथा सर्लाहीका पूर्व प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समिति पनि आइतबार राति नै सर्लाही आइपुगिसकेको छ । टोलीले आजदेखि छानबिन सुरु गर्ने बताइएको छ ।