सर्लाही । बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जसले आइतबार तेस्रो दिन पनि तनावको अवस्था कायमै छ । शुक्रबार गोली लागेर मृत्यु भएका युवकको शव सडकमै राखेर प्रदर्शन भइरहेको हो ।
अस्पतालको विषयमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु पश्चात लगातार प्रदर्शन भइरहेको छ । आइतबार भने प्रदर्शन थप उग्र बनेको छ ।
स्थानीयले आन्दोलन चर्काएपछि आइतबार १२ बजेर ४५ मिनेटदेखि सोमबार विहान ८ बजेसम्मका लागि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । तर त्यसको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले ईलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा रहेको फुसको छानो भएको गोलघरमा आगजनी समेत गरेका छन् । प्रदर्शन रोक्न प्रहरीले दर्जनौं अश्रु सेल र हवाई फायर गरेका छन् । तर स्थिति नियन्त्रणमा आउन सकेको छैन ।
बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन, प्रहरीद्वारा दर्जनौँ हवाई फायर
सर्लाही । बरहथवामा कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ । जसले आइतबार तेस्रो दिन पनि तनावको अवस्था कायमै छ । शुक्रबार गोली लागेर मृत्यु भएका युवकको शव सडकमै राखेर प्रदर्शन भइरहेको हो । अस्पतालको विषयमा विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर बरहथव…

