चन्द्रागिरि नगरपालिकाका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी (असिस्टेन्ट) सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। चन्द्रागिरी नगरपालिका –१४ वडा कार्यालयमा कार्यर…

चन्द्रागिरि नगरपालिकाका सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी (असिस्टेन्ट) सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पन्तविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। चन्द्रागिरी नगरपालिका –१४ वडा कार्यालयमा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनापछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो । सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको थियो।