राष्ट्रिय सभाका १९ सीटमा मिल्यो भागबन्डा, कुन दलले कति पाए ?

काठमाडौं । राष्ट्रिय सभाका १९ सीटमा सत्तारुढ दलहरूबीच भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकले भागबन्डा मिलाएको हो । दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीट लिने कांग्रेस…

राष्ट्रिय सभाका १९ सीटमा मिल्यो भागबन्डा, कुन दलले कति पाए ?
काठमाडौं । राष्ट्रिय सभाका १९ सीटमा सत्तारुढ दलहरूबीच भागबन्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकले भागबन्डा मिलाएको हो । दलहरूको सहमतिअनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सीट लिने कांग्रेस नेता रमेश लेखकले दिए । गएराति नै दलहरू समझदारीनजिक पुगेका थिए । तर, नेकपा एसले सहमति जनाएको थिएन । कहाँ कसले उम्मेदवारी दिने भन्नेमा केहीबेरमा टुंगो लाग्ने जानकारी लेखकले दिए । सत्तारुढ दलले सातवटै प्रदेशमा गठबन्धन गर्ने भएपछि निर्वाचन हुने सबै सीट उनीहरूसँग जीतका लागि पर्याप्त मतभार हुनेछ । प्रमुख प्रतिपक्षी दल शून्य हुने देखिन्छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभामा बागमतीबाट सबैभन्दा बढी ४, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट ३–३ गरी ९, कोशी, मधेश र लुम्बिनीबाट २–२ दुई गरी ६ जना समेत १९ सीटका लागि निर्वाचन हुँदैछ । सत्तारुढ दलले प्रदेशगत रूपमा भागबन्डा गरेका हुन् ।