काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेवदार टुंग्याउन सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने सीट संख्या टुंग्याएपछि पदाधिकारी बैठक बस्ने जानकारी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
‘सत्ता गठबन्धन राष्ट्रिय सभाको सीट बाँडफाँडको अन्तिम तयारीमा छ । यो बैठकलगत्तै बालुवाटारमै माओवादीको पदाधिकारी बैठक बस्दैछ । बैठकले हामीले पाउने सीटमा उम्मेदवार तय गर्नेछ, उनले भने ।
सत्तारुढ दलको भागबन्डामा माओवादीले ६ सीट पाउने देखिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।
राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन माओवादीको पदाधिकारी बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेवदार टुंग्याउन सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने सीट संख्या टुंग्याएपछि पदाधिकारी बैठक बस्ने जानकारी नेता देवेन्द्र पौडेलले जानकारी दिए । ‘सत्ता गठबन्धन राष्ट्रिय सभाको स…

