कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आज दिउँसो १ बजे बस्नेछ । हिजो बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको…

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बैठक आज दिउँसो १ बजे बस्नेछ । हिजो बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो । गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि भएको भागबण्डाको छलफल तथा भोलि हुने उम्मेदवारी दर्ताअघि कांग्रेसले बैठक बोलाएको हो । सम्भवतः आजको बैठकले पार्टीका तर्फबाट उम्मेदवार चयन गर्नेछ ।