म्याग्दीमा ७० वर्षीया वृद्धाको ढुंगाले हानेर हत्या, घाइते दुई जनालाई हेलिकप्टरमार्फत पोखरा लगियो

हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेपनि ती व्यक्तिको नाम गोप्य राखेको छ । ७० वर्षीया मनिषालाई बचाउन गएका ६६ वर्षीया अमृता जुग्जाली र ७ वर्षीया नातिनी

म्याग्दीमा ७० वर्षीया वृद्धाको ढुंगाले हानेर हत्या, घाइते दुई जनालाई हेलिकप्टरमार्फत पोखरा लगियो
बेनी । म्याग्दीको मालिका गाउँपालिका ७ बिमवाङमा शनिबार (आज) दिउँसो ढुंगा प्रहार गरेर एक जना वृद्धाको हत्या भएको छ । अन्य दुई जना चिर्पटप्रहारबाट घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ढुंगा प्रहारबाट ७० वर्षीया मनिषा गुर्बजाको हत्या भएको हो । हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेपनि ती व्यक्तिको नाम गोप्य राखेको छ । ७० वर्षीया मनिषालाई बचाउन गएका ६६ वर्षीया अमृता जुग्जाली र ७ वर्षीया नातिनी प्रिंयका गर्बुजामाथि पनि चिर्पट प्रहार हुँदा उनीहरु गम्भीर घाइते भएका छन् । घाइते उनीहरुको उपचारका लागि हेलिकप्टरमार्फत पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।