बरहथवा घटना : कर्फ्युको उल्ल्घंन गर्दै स्थानीयले शुरू गरे प्रदर्शन

शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ।

बरहथवा घटना : कर्फ्युको उल्ल्घंन गर्दै स्थानीयले शुरू गरे प्रदर्शन
काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश थप गरेको छ। तर, स्थानीयले भने कर्फ्यु उल्लंघन गर्दै शनिबार बिहानैदेखि बरहथवा बजारमा प्रदर्शन सुरु गरेका छन्। स्थानीय अस्पतालको स्तरोन्नतीको विषयलाई लिएर शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझदेखि बरहथवा नगर क्षेत्रमा कर्फ्यु लगाएको थियो । शनिबार बिहान ८ बजेसम्म जारी गरिएको कर्फ्यु शनिबार पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। शनिबार बिहान ८ बजेदेखि आइतबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशंकर साहको शव अहिले पनि घटनास्थलमै छ।