दोहा । बागलुङ सेवा समाज दोहा कतारको १३ औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार दोहाको नज्मामा रहेको एसियन रेस्टुरेन्टको सभा हलमा सम्पन्न अधिवेशनले निराजन गौतमको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ ।
खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न अधिवेशनको बन्द सत्रबाट एक कार्यकालका लागि अध्यक्षमा निराजन गौतम, प्रथम उपाध्यक्षमा टेक रसाइली, द्धितिय उपाध्यक्षमा चेतन पुन, तृतीय उपाध्यक्ष ईश्वर सापकोटा, सचिव मदन जिसी, सहसचिव सुवास पौडेल, कोषाध्यक्ष कृष्ण गिरी र सह–कोषाध्यक्ष दीपक चालिसे रहेका छन् ।
कार्यसमितिका सदस्यहरूमा शारदा गिरी, डोलेन्द्र सुवेदी, जालबहादुर पुन, टोपलाल जैसी (गोपाल) सुनिल गौतम, बाबुराम नेपाली, (बाबु कौसल) दीपक कँडेल, तारा कुँवर र थमबहादुर विक रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक केदार पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । समाजका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
समाजले यसअघि बागलुङ नगरपालिका- ७ बाटुलेका जन्मजात अपाङ्ग दाजुबहिनी २९ वर्षीय खेमलाल जैसी र २७ वर्षीया देवी जैसीको उपचार र लत्ताकपडा खरिद, बडिगाड गाउँपालिका -६ का एकै परिवारका नाबालिका मृगौला पीडित पवित्रा मगर र ब्रेन ट्युमर रोगबाट पीडित सावित्रा मगरलाई आर्थिक सहयोग, जनताधन माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूको लागि संगीतका वाद्यवादन सामग्री खरिद, बागलुङ जिल्ला बडिगाड गाउँपालिका -७ स्थित डाँडागाउँ र देविस्थानका विद्यालयको पहुँचबाट टाढा रहेका स–साना बालबालिकाहरूको पठनपाठनका लागि एक वर्षसम्मको शिक्षकको पारिश्रमिकको व्यवस्थालगायतको काम गरेकाे छ ।
यस्तै, जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको अभियान तथा गण्डकी प्रदेश समन्वय परिषद्को समन्वयमा गरिएको आर्थिक राहत संकलन अभियानमा समाजले आर्थिक सहयोग गरेको थियो ।
बागलुङ सेवा समाज दोहाको अध्यक्षमा निराजन गौतम चयन
यस्तै, जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको अभियान तथा गण्डकी प्रदेश समन्वय परिषद्को समन्वयमा गरिएको आर्थिक राहत संकलन अभियानमा समाजले आर्थिक सहयोग गरेको थियो ।

