मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन (तस्वीरहरु)

काठमाडौं । मेलम्चीको पानी माग्दै आज पनि रित्ता भाँडा बोकेर प्रदर्शन भएको छ। उपत्यकावासीलाई मेलम्चीको पानी वितरण नगरी पानीको हाहाकारको कृत्रिम अवस्था सृजना गरेको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो भाँडा लिएर विरोध प्रदर्शन ग…

मेलम्चीको पानी माग्दै खाली गाग्री बोकेर प्रदर्शन (तस्वीरहरु)
काठमाडौं । मेलम्चीको पानी माग्दै आज पनि रित्ता भाँडा बोकेर प्रदर्शन भएको छ। उपत्यकावासीलाई मेलम्चीको पानी वितरण नगरी पानीको हाहाकारको कृत्रिम अवस्था सृजना गरेको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो भाँडा लिएर विरोध प्रदर्शन गरेको हो। मेलम्चीको पानी तुरुन्त खोल् भन्दै नारा लगाउँदै प्रदर्शनकारीले रित्तो भाँडासमेत बोकेर विरोध प्रदर्शन गरेका छन्। मेलम्चीको पानी नियमित नपाएको भन्दै विभिन्न उपत्यकावासीले आन्दोलन गर्दै आएका छन्।