एमाले सचिवालय बैठक बस्दै, के हुँदै छ छलफल ?

काठमाडौं । सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका छन् । बैठक च्यासलस्थित केन्द्रीय क…

एमाले सचिवालय बैठक बस्दै, के हुँदै छ छलफल ?
काठमाडौं । सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनसँग तालमेल गर्ने प्रयासमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य निर्वाचनसहित समसामयिक विषयहरूमा छलफल गर्न सचिवालय बैठक बोलाएका छन् । बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो साढे १२ बजे बस्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । राष्ट्रिय सभामा २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये ९ जना नेकपा एमालेबाट छन् । सत्ता गठबन्धनमा हुन लागेको भागबण्डामा एमालेले ६ सिट दाबी गरेको छ भने त्यसबारे एमालेभित्रै दुई थरी मत छन् । शुक्रबारको बैठकले त्यसबारे निर्णय लिने नेताहरूले बताएका छन् ।