प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत

गजुरेलले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले एक महिनापछि स्वीकृत गरेका हुन् । गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा स्वीकृत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ । गजुरेलले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले एक महिनापछि स्वीकृत गरेका हुन् । गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा दिएको जानकारी मंसिर २४ गते सार्वजनिक भएको थियो। गम्भीर मतभेदपछि आफूले राजीनामा दिएको कुरा उनले खुलाइसकेका छन्।