अध्यागमनका कर्मचारी आन्दोलित, गृहमन्त्री श्रेष्ठले छलफलमा डाके

काठमाडौं । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै दुवै पक्षलाई मन्त्रालयमा डाकेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दो…

अध्यागमनका कर्मचारी आन्दोलित, गृहमन्त्री श्रेष्ठले छलफलमा डाके
काठमाडौं । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै अध्यागमनका कर्मचारी आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै दुवै पक्षलाई मन्त्रालयमा डाकेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामै ठप्प पार्ने गरी कर्मचारीले आन्दोलन गर्नुको कारण र प्रहरी चेकजाँचबाट उठेका प्रश्नका सवालमा दुवै पक्षसँग सोधपुछ गरेर निकास निकाल्ने तयारी अनुरूप बैठकमा बोलाएका हुन् । अध्यागमन कार्यालयका प्रमुख रुद्रसिंह तामाङ, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापा लगायत अध्यागमन र प्रहरीका अधिकारीहरू गृह मन्त्रालय पुगेका छन् । गृहमन्त्री प्रधानमन्त्री कार्यालय बालुवाटारबाट फर्किएपछि उनीहरूबिचको समन्वयका बारेमा निर्देशन दिने बताइएको छ । बुधबार विमानस्थलमा अध्यागमनका कर्मचारीले साढे तीन बजेदेखि हडताल गरेका थिए । विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् । भिजिट भिसामा कामदार पठाउँदा घुस लिएर चोर बाटोबाट पठाइएको पाइएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।