सूर्यदर्शन सहकारी ठगी आरोपमा थप २ जना कारागार चलान

पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल कारागार चलान भएका छन् । बुधबार थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जान…

सूर्यदर्शन सहकारी ठगी आरोपमा थप २ जना कारागार चलान
पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल कारागार चलान भएका छन् । बुधबार थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको हो । प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा यसअघि २ जना पक्राउ भएका छन् । उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई विभिन्न मितिमा पक्राउ गरिएको थियो । १५ जना अझै फरार छन् । फरारहरुको खोजी भैरहेको डीएसपी विकले बताए । उनीहरुले बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ दावीसहित सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।