काठमडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन्।
नेपालका लागि इसराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन्।
‘नेपालको संसद र मेरो व्यक्तिगत अपिल पनि के छ भने जोशीको सकुसल रिहाइ हुनुपर्छ,’ उनले भने।
सभामुख घिमिरेले प्रतिनिधि सभामा जोशीको रिहाइका लागि आवाज उठेको स्मरण गराउँदै आफूहरु इसराइलमा शीघ्र शान्तिको पक्षमा रहेको बताए।हमासले युद्धमा सामेल नभएका इसराइली र विदेशी गरी दर्जनौं मुक्त गर्दा पनि जोशीलाई बन्धक नै बनाएको छ।
गोल्डवेरगरले पछिल्लो अवस्थामा पनि जोशी सकुसल रहेको देखिएको बताउँदै तीन महिनाभन्दा लामो समयसम्म बन्धकमुक्त नहुनु दुःखद रहेको बताए। उनले जोशी व्यक्तिगत रूपमा पनि परिचित रहेको उल्लेख गर्दै उनको परिवारलाई नियमित पारिश्रमिक व्यवस्था गरेको जानकारी दिए।
भेटमा दुई मुलुकबीचको सम्बन्ध, कृषि प्रबर्द्धन लगायतका विषयमा छलफल भएको समामुखको सचिवालयले जनाएको छ।
सभामुख घिमिरेले गरे विपिन जोशीको रिहाइका लागि इसराइलका राजदूतसँग अपिल
काठमडौं । सभामुख देवराज घिमिरेले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको जीवनरक्षा र रिहाइका लागि अपिल गरेका छन्। नेपालका लागि इसराइली राजदूत हनन गोडेर गोल्डवेरगरसँग सिंहदरवारमा बुधबार भएको भेटमा सभामुख घिमिरेले जोशी निर्दोष रहेको बताउँदै रिहाइका लागि अपिल गरेका हुन्। ‘नेपाल…

