बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको छ। बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए। सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी० का शीर्ष नेताहरू बैठकमा सहभागी छन्। बु…

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको छ। बुधबार अपराह्न ३ बजेदेखि बैठक जारी रहेको एक नेताले जानकारी दिए। सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा ९एकीकृत समाजवादी० का शीर्ष नेताहरू बैठकमा सहभागी छन्। बुधबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीबीच पनि बालुवाटारमा छलफल हुँदैछ। राष्ट्रिय सभा चुनावमा सिट बाँडफाँट, शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेजस्ता विषयमा दलहरू छलफलमा जुटेका छन्। बुधबार बिहान कांग्रेस र माओवादीका शीर्ष नेताहरू बालुवाटारमै छलफल गरेका थिए। कांग्रेसका तर्फबाट छलफलमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता रमेश लेखक तथा माओवादीबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनबीच छलफल भएको थियो। १९ सिटका लागि माघ ११ मा राष्ट्रिय सभा चुनाव हुँदैछ। त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिनबारे छलफल भएको थियो। साथै सत्ता गठबन्धनभित्र कुन दलले कति सिट लिने भन्नेमा पनि छलफल जारी छ।