रमा क्षेत्री, काठमाडौं । ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई आत्मसाथ गरेर अगाडि बढेको ग्लोबल आइएमई बैंक सबै हिसाबले देशकै नम्बर एक बैंक बनेको छ । स्थापनाको छोटो समयमै बैंकले लोभलाग्दो प्रगति गरी निजी क्षेत्रकै अग्रणी बैंक बन्न सफल भएको हो ।
रेमिट्यान्सबाट कारोबार शुरु गरेर अगाडि बढेको बैंकले पुस १७ गते स्थापनाको १७ औं वार्षिकोत्सव मनाएको छ । विभिन्न २१ संस्थालाई मर्जर र प्राप्ति गरेर पनि सही व्यवस्थापनका साथ अगाडि बढ्न सक्षम भएका कारण बैंकले आफूलाई बजारमा अब्बल साबित गर्न सफल भएको हो । पछिल्लो समय गतवर्ष बैंक अफ काठमाण्डु (बिओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरी बीग मर्जरलाई सही व्यवस्थापन गरेको ग्लोबल आइएमई बैंक सबै विषयमा उत्कृष्ट रहेको छ ।
उक्त बीग मर्जरपछि आकार, खुद नाफा, वितरणयोग्य नाफा, शुल्क तथा कमिसन आम्दानी, पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगात वित्तीय सूचकका आधारमा ग्लोबल देशकै सबैभन्दा ठूलो बैंक बनेको हो । दक्ष जनशक्ति, ब्राण्ड इमेजमा समेत ग्लोबल बैंक नेपालकै नम्बर एक बैंक हो । यो बैंक सबैभन्दा बढी कर दाखिला गर्ने बैंक बनेर सरकारबाट सम्मानितसमेत भएको छ ।
सरकारलाई सबैभन्दा धेरै कर तिरेको ग्लोबलका लगानीकर्ताको हातमा उत्कृष्ट लाभांश
बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रूपैयाँ अर्थात् सबैभन्दा बढी कर दाखिला गर्ने बैंक बनेर नेपाल सरकारबाट सम्मान ग्रहण गरेको छ ।
चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिएको हो । १२ वर्षको पछिल्लो अबधिमा बैंकले सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५/७६ मा बाँडेको थियो ।
उक्त वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो । हरेक वर्ष बोनस शेयरमा जोड दिँदै आएको बैंकले सोही वर्ष शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०६८/६९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यसवर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०६९/७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आर्थिक वर्ष २०७०/७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७१/७२ मा लगानीकर्तालाई बोनस शेयर मात्र वितरण गरेको थियो । सो आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको हो ।
आर्थिक वर्ष २०७२/७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर दिएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा लगानीकर्तालाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश गरी बैंकले २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०७४/७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गर्यो । यसैगरी बैंकले आर्थिक वर्ष २०७६/७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश गरी १३.५० प्रतिशत लाभांश दिएको बैैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो ।
बैंकको इतिहास र मर्जर
सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ जुलाई ९ मा ‘ग’ वर्गको वित्त कम्पनी आइएमई फाइनान्सलाई प्राप्ति गरेपछि ‘ग्लोबल आईएमई बैंक’ बनेको थियो । १७ वर्षको इतिहासमा बैंकले बजारमा आफूलाई अब्बल सावित गरी निजी क्षेत्रको अग्रणी बैंक बन्न सफल भएको हो ।
पर्यटन, रेमिट्यान्स, सूचना प्रविधि क्षेत्रमा आफूलाई अग्रस्थानमा उभ्याएको आइएमई समूहले नेपालको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईको नेतृत्व गरेको छ । यस समहू(ग्रुप)का अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन् ।
ढकाल निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष छन् । इतिहास केलाउँदा काठमाडौंमा केन्द्रीय कार्यालय रहने गरी २०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा १ अर्ब ५० करोड चुक्ता पूँजीसहित ढकालको नेतृत्वमा ग्लोबल बैंक स्थापना भएको थियो । त्यसपछि २१ वटा संस्था मिलेर देशकै नम्बर एक बन्ने बैंकको यात्रा शुरु भयो । तत्कालीन ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी यसमा गाभिएका छन् ।
यतिमात्रै होइन ग्लोबल आइएमई बैंक मर्जरको इतिहास रच्न सफल बैंक हो । शुरुमा ग्लोबल बैंक खुलेपछि एउटै प्रमोटरको फाइनान्स र बैंक हुन आवश्यक छैन भन्ने मान्यताले आइएमई फाइनान्स र ग्लोबल बैंक मर्जरमा गएको थियो । त्यतिबेला नेपाल राष्ट्र बैंक र सरकारको पनि बैंक तथा वित्तीय संस्थालाई मर्जर गराउनुपर्छ भन्ने नीति आयो ।
पुँजी बढाउने योजना अनुसार २ अर्बबाट ८ अर्ब पु¥याउनुपर्ने नीति बन्यो । ग्लोबल आइएमई बैंक नेपाल राष्ट्र बैंकले ल्याएको मर्जरको नीतिलाई पहिलोपटक कार्यान्वयन गर्ने बैंक बनेर इतिहास रच्न पुग्यो ।
वि.सं. २०६८ सालमा तत्कालिन नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले एउटै समूहबाट लगानी भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा लैजाने नयाँ नीति अगाडि सारेका थिए । त्यसपछि धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानका लागि तयार भए र आवश्यक प्रक्रिया अगाडि बढाए । यसको पहिलो कार्यान्वयन ग्लोबल आइएमई बैंकबाट भएको हो ।
यो मानेमा ग्लोबल आइएमई बैंक नयाँ इतिहास रच्न सफल बैंककोरुपमा दर्ज भएको हो । ग्लोबल बैंक र आइएमई फाइनान्स दुवै आइएमई ग्रुप अन्तर्गत सञ्चालित संस्था हुन् ।
राष्ट्र बैंकले दुई संस्थालाई मर्जरमा जान स्वीकृति दिएपछि ग्लोबल बैंक पहिलो मर्जर गर्न सफल बैंक रहन पुगेको थियो र मर्जरपछि बैंकको नाम ‘ग्लोबल आइएमई बैंक’ बन्न पुगेको हो ।
यता ग्लोबल बैंकको स्थापनासँगै नेपालमा बैंकहरु स्थापनाको लहर नै चलेको समूहका अध्यक्ष ढकाल स्मरण गर्दछन् । २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर निजी क्षेत्रको अग्रणी बनेको यो संस्था अहिले सबैभन्दा ठूलो बैंक बनेको छ ।
यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि शुरु भएको थियो । ग्लोबल बैंकमा आइएमई फाइनान्स मर्जर भएर बनेको ग्लोबल आइएमई बैंकलाई नेपाली बैंक तथा वित्तीय संस्थामा मर्जरको उदाहरणको रुपमा समेत लिइन्छ । बैंकले तत्कालीन आइएमई फाइनान्सियल इन्स्ट्यिुटसँगै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो ।
तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो । त्यसपछि गाभ्ने क्रमले निरन्तरता पायो । सोसल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक पनि यसमा गाभिए । त्यसपछि अर्को वाणिज्य बैंक कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेको बैंकले सन् २०१६ मा प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकलाई मर्ज गर्ने प्रक्रिया अगाडि बढायो । ती दुई संस्था पनि बैंकमा मर्ज भए । मर्ज भएको रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंक लगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए । त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो । वाणिज्य बैंकतर्फ जनता बैंक ग्लोबल आइएमईमा मर्ज भयो ।
नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ । जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि २०७६ मंसिर २० गतेबाट एकीकृत कारोबार शुरु गरेका थिए । राष्ट्र बैंकको पूँजीवृद्धि नीतिपछि ८ अर्ब रुपैयाँ पुँजी पु¥याइसकेका २ वटा वाणिज्य बैंक मर्जर भएकोले यसलाई ‘बिग मर्जर’को शुरुवातको रुपमा लिने गरिन्छ ।
८ अर्ब पूँजी पुगिसकेपछि पनि राष्ट्र बैंकको अपेक्षाअनुसार वाणिज्य बैंकको संख्या घट्न नसकेपछि राष्ट्र बैंकले वाणिज्य बैंकहरुबीच नै एक आपसमा मर्जरको लागि प्रोत्साहन गर्यो । त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेर ग्लोबल नेपालकै नम्बर एक बैंक बनेको हो ।
बैंक अफ काठमाण्डु पनि साविकको बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक गरी २ वटा वाणिज्य बैंक आपसमा गाभेर बनेको थियो । यी सबै गर्दा ५ वटा वाणिज्य बैंक मर्ज भएका छन् । मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिन पुगेको हो । आज ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा लिन सकिन्छ ।
वास्तवमा २१ वटा बैंक मर्जर आफैंमा एकदमै चनौतीपूर्ण रहेको समूहका अध्यक्ष ढकाल बताउँछन् । २१ वटा संस्था मर्जर हुँदा २१ जना अध्यक्ष, २१ जना प्रमुख कार्यकारी अधिकृत(सीइओ) र २१ वटा संस्थामा ७ जनाको दरले रहेका सञ्चालकहरू मिलाउने काम एकदमै चुनौतीपूर्ण भएपनि सबैको साथ र सहयोगले यो सफल भएको ढकाल बताउँछन् । त्यसैगरी कर्मचारी व्यवस्थापन अर्काे चुनौतीपूर्ण काम हो ।
अर्काेतिर नाम, सेयर स्वाप रेसियो, सञ्चालक कसले छोड्ने र को बस्ने, सीइको को बस्ने भन्ने कुरा पनि त्यति नै संवेदनशील रहने बैंकिङ क्षेत्रका जानाकारहरु बताउँछन् ।
ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत राहत दिन बैंकले अग्रणीरुपमा काम गरिरहेको ढकालको दाबी छ ।
सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले ‘ग्राहकका सबै वित्तीय आवश्यकताहरूको समाधान’ गर्ने उद्घोष गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्वमा पनि उत्तिकै सक्रिय भएर समाज र राष्ट्रमा योगदान गरिरहेको छ । परम्परागत बैंकिङ भन्दा पनि डिजिटल बैंकका रुपमा आक्रामक ढंगले अगाडि बढेको बैंकका परिकल्पनाकार ढकाल बताउँछन् ।
तथ्यांकमा ग्लोबल आइएमई बैंक
गत असोज मसान्तसम्म बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड (गत आर्थिक वर्षको बोनस लाभांशसहित ३६ अर्ब १२ करोड), कर्जा प्रवाह ३ खर्ब ७० अर्ब ७३ करोड र निक्षेप संकलन ४ खर्ब ४३ अर्ब १६ लाख रहेको छ ।
यो अन्य १९ वाणिज्य बैंकको तुलनामा सबैभन्दा बढी हो । बैंकको कुल सम्पत्ति पनि सबैभन्दा धेरै छ । गत असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति ५ खर्ब ४६ अर्ब २६ करोड ६२ लाख रुपैयाँ रहेको छ । वाणिज्य बैंकहरूमध्ये ग्लोबल आइएमईको कर्जा विस्तारमा ८.४२ प्रतिशत र निक्षेप संकलनमा ८.५९ प्रतिशत बजार हिस्सा रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सरकारलाई ५५ करोड ३६ लाख ७६ हजार आयकर बुझाएको छ । हाल बैंकले नेपालका ७७ वटै जिल्लामा तीन सय ५५ शाखा, तीन सय ७९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीन अन्तर्राष्ट्रिय सम्पर्क वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।
बैंकको बेलायत, दिल्ली, अष्ट्रेलियामा प्रतिनिधि कार्यालय रहेको छ । कोरियामा शाखा कार्यालय खोल्ने तयारी रहेको छ । अन्तर्राष्ट्रियरुपमा जाने तयारी भइरहेको अध्यक्ष ढकालले बताएका छन् ।
बैंकमा कार्यरत करिब चार हजार कर्मचारीले ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आइरहेका छन् । रेमिट्यान्सको ५० प्रतिशतभन्दा धेरै बजार हिस्सा कब्जा गरेको दाबी बैंकको छ । रेमिट्यान्सलाई संस्थागत गराउने काम पनि बैंकले गरेको हो ।
वार्षिकोत्सव योजना र सामाजिक उत्तरदायित्वमा ग्लोबल आइएमई
बैंकले वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारमा १७ प्रतिशतसम्म छुट तथा एक हजार रुपैयाँसम्म क्यासब्याक दिने योजना अगाडि ल्याएको छ ।
यता नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकले एसएमएसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलोपटकको क्युआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम एक सय ७० रुपैयाँसम्मको छुट पाउने योजना पनि ल्याएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । देशभर विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
स्थापनाकालदेखि बैंकले विभिन्न विपदका समयमा सहयोगको हात अगाडि बढाउने काम पनि गर्दै आएको छ । २०७२ सालको भूकम्पमा बैंकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको थियो । पछि बैंकले कोरोना राहत कोषमा १० लाख रुपैयाँ र यसै वर्ष जाजरकोटमा गएको भूकम्पमा परेकाहरुलाई सहयोग गर्न बैंकसहित आइएमई समूहले एक करोड ५० लाख रुपैयाँ राहत प्रदान गरेको थियो ।
आगामी योजना
बैंकले हरेक वर्ष स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, वातावरण संरक्षण, प्राकृतिक विपत्ति तथा उपभोक्ता संरक्षण, डिजिटल प्रडक्ट प्रवद्र्धनमा काम गर्दै आएको छ । यसैगरी आगामी दिनमा प्रविधिमा आधारित नयाँ सेवाहरूको विकास गर्ने, निक्षेप तथा कर्जाको विविधीकरण, आयआर्जनका नयाँ क्षेत्रहरू विस्तार तथा निक्षेप परिचालनमा जोड दिने र पुँजीकोष वृद्धिका नयाँ योजना बनाएको छ ।
बैंकलाई देशको मात्र नभइ विश्वकै ‘टप १०००’ बैंकमध्ये एक बनाउने लक्ष्य लिएको बैंकका अध्यक्ष ढकाल बताउँछन् । समग्रमा ग्राहक तथा सरोकारवालाको इच्छा, चाहना र आवश्यकता पूरा गर्दै देशको सन्तुलित आर्थिक–सामाजिक रूपान्तरण गर्ने सरकारको प्रयासलाई सहयोग पु¥याउने बैंकले लक्ष्य रहेको छ ।