सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल

काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उनी हाल न्याय परिषदका सचिव छन् । यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदा…

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल, रजिस्ट्रारमा पौडेल
काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । उनी हाल न्याय परिषदका सचिव छन् । यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो । मुख्य रजिस्ट्रारको कार्यकाल ३ वर्ष हुन्छ । यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ । विशिष्ट श्रेणीसरहका यी दुवै पदमा नेपाल सरकार मन्त्रिपरिषद्‌ले बढुवाको निर्णय गर्छ । सर्वोच्चका सहरजिस्ट्रार एवं प्रवक्ता भद्रकाली पोखरेलको न्याय परिषद् सचिवालयमा सरुवा भएको छ ।