एजेन्सी । जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ।
भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
जापानका प्रधानमन्त्री फुमियो किशिदाले पीडितलाई बचाउनका लागि उद्धारकर्मीहरू लागिरहेको बताएका छन्।
करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा पुग्ने प्रयास गरिरहेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
मुख्य क्षेत्रबाट सडक भाँचिएका कारण वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ। इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएका छन्।
जापानी सेनाले जनतालाई खाना, कम्बल र पानी पुर्याउने प्रयास गरिरहेको छ। हालसम्म करिब ५७ हजार मानिसको उद्धार भइसकेको सरकारले जनाएको छ।
हेलिकप्टरबाट गरिएको सर्वेक्षणमा धेरै ठाउँमा भवन भत्किएका र आगो लागेको देख्न सकिन्छ।
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ पुग्यो
एजेन्सी । जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ। भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जापानका प्रधानमन्त्री फुमियो किशिदाले पीडितलाई बचाउनका लागि उद्धारकर्मीहरू लागिरहेको बताएका छन्। करिब तीन हजार…

