काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन फारम भर्ने म्याद दुई दिन थप गरिएको छ ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । यसअघि आवेदन भर्न पुस १६ गतेदेखि १८ गतेसम्मको समय दिइएको थियो ।



