काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानसम्म देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ।
आज दिउँसो देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना
आज दिउँसो देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू भागमा आंशिक बदलीदेखी मौसम सामान्यतया सफा रहनेछ।

