बिहानै भूकम्पको धक्का महसुस

भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन्।

बिहानै भूकम्पको धक्का महसुस
काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। आइतबार बिहान ६ बजेर ४५ मिनेटमा बजाङको काँडा केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.४ रेक्टरस्केल मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का बझाङसहित बैतडी, दार्चुला, बाजुरा, अछाम, डेडेलधुरा र डोटी लगायत पहाडी जिल्लामा महसुस गरिएको स्थानीयहरुले बताएका छन्।