रास्वपा सूदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट दिए राजीनामा

उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ ।

रास्वपा सूदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमका महामन्त्री र उपसभापतिले पदबाट राजीनामा दिएका छन् । महामन्त्री भोजराज जोशी र उपसभापति श्रृष्टी महराले पदबाट राजीनामा दिएको पार्टी सभापति इन्जिनियर प्रकाश बिष्टले जानकारी दिए । उनीहरू दुवै जनाले प्रदेश कमिटीलाई समय दिन नसक्ने भन्दै राजीनामा दिएको सभापति बिष्टको भनाइ छ । उनीहरूको प्रदेश सदस्य पद भने कायमै रहेको छ । जोशीले राजीनामा दिएपछि महामन्त्रीको जिम्मेवारी पारस बाहुनलाई जिम्मेवारी दिइएको छ । पारस डडेल्धुराका पूर्वसंयोजकसमेत हुन् ।