बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

गौशाला २६ नामकी नाबालिग किशोरीलाई काठमाडौँको होटलमा लगेर बलात्कार गरेको अभियोगबाट लामिछानेलाई लागेको थियो । यही आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै काठमाडौं जिल्ला अदातलका न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन्।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर
काठमाडौं । एकजना किशोरीलाई बलात्कार गरेको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। गौशाला २६ नामकी नाबालिग किशोरीलाई काठमाडौँको होटलमा लगेर बलात्कार गरेको अभियोगबाट लामिछानेलाई लागेको थियो । यही आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै काठमाडौं जिल्ला अदातलका न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन्। सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणी आरोप लगाएकी थिइन्। २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा बलात्कारको आरोप लगाउँदै ती गौशाला २६ ले जाहेरी दिएकी थिइन्। त्यसपछि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।