तीन वटा मोटरसाइकल आपसमा ठोक्कियो, एकजनाको मृत्यु, चार घाइते

सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

तीन वटा मोटरसाइकल आपसमा ठोक्कियो, एकजनाको मृत्यु, चार घाइते
काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका-३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा परी चारजना घाइते भएका छन् । दुर्घटनामा ६९४४ नम्बरको मोटरसाइकलका चालकको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ । घाइते चारजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुई विपरीत दिशाबाट जाँदै गरेका प्रदेश १–०२–०४३ प १७१, को ३८ प ९२१० र को १७ प ६९४४ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए ।