काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला आज गर्ने तयारी गरेको छ । न्यायाधीश शिशरराज ढकालको इजलासले शुक्रबार जवाफी बहस पनि सकेर फैसला सुनाउने तयारी गरेको हो । बिहीबारदेखि प्रतिवादी सन्दीप पक्षका वकिलले बहस गरिरहेका छन्।
बिहीबार पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको बहस नसकिएकाले त्यसलाई आज पनि निरन्तरता दिइनेछ। त्यसपछि सन्दीपकै तर्फबाट अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गर्ने छन् ।
यसपछि जाहेरवाला र सरकारी वकिलले जवाफी बहस गर्नेछन्, त्यसका लागि एक घण्टाको समय तोकिएको छ। जवाफी बहस सकिएपछि अदालतले फैसला सुनाउनेछ।
बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, शम्भु थापा, मुरारी सापकोटा, सविता भण्डारी बराल र रोशनी पौडेलले बहस गरेका थिए। उनीहरूले सन्दीप निर्दोष रहेको जिकिर गर्दै सफाइ दिन माग गरेका छन्।
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको फैसला आज
बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, शम्भु थापा, मुरारी सापकोटा, सविता भण्डारी बराल र रोशनी पौडेलले बहस गरेका थिए। उनीहरूले सन्दीप निर्दोष रहेको जिकिर गर्दै सफाइ दिन माग गरेका छन्।