काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्।
बिहीबार कार्यालय समयमा आएका मेयर राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर एकैपटक हटाएका हुन्। मेयर राईको कार्यकक्षबाट दुवै तस्बिर हटाएर उनले किराँती राजा यलम्बरको तस्बिर राखेका छन्।
बुधबार राति सामाजिक सञ्जालबाट उनले दुवै जनाको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने घोषणा गरेका थिए। सो क्रममा उनले धरानलाई प्रधानमन्त्री र राष्ट्रपतिले जुन दिन महत्व दिनेछन् सोही दिनबाट तस्बिर राखिने बताएका थिए।
अर्कोतर्फ, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले धरानका मेयर राईले कानुनविपरीत काम गरेको आरोप लगाएका छन्। उनले राष्ट्रप्रमुखको मानमर्दन हुने गरी तस्बिर हटाएकोमा आपत्ति जनाएका छन्।
हर्क साम्पाङले कार्यकक्षबाट किन हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो ?