गायक विष्णु खत्रीको 'गलकोटमा बग्यो दरम' को भिडियो सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको 'गलकोटमा बग्यो दरम' बोलको पञ्चेबाजा गीत भिडियोसहित बजारमा आएको छ

गायक विष्णु खत्रीको 'गलकोटमा बग्यो दरम' को भिडियो सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको 'गलकोटमा बग्यो दरम' बोलको पञ्चेबाजा गीत भिडियोसहित बजारमा आएको छ । केही वर्षअघि अडियोमा मात्र सार्वजनिक भएको सो गीतको अहिले म्युजिक भिडियो पनि दर्शकमाझ ल्याइएको हो । विष्णु खत्रीको लय तथा शब्द सिर्जना रहेको सो गीतको आवाजमा सुनिता बुढाले साथ दिएकी छन् । म्युजिक भिडियोमा भने खत्रीलाई मोडल सारिका केसीले साथ दिएकी छिन् । भिडियोमा विनोद भण्डारीको निर्देशन रहेको छ ।