काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।
तीन दिन चल्ने बैठकमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा मुख्य ‘एजेण्डा’ बनाइएको छ। सरकारको कार्यशैलीलाई लिएर आलोचना भईरहँदा कांग्रेसले आजको बैठकमा सरकारको कार्यसम्पादनको समीक्षा गर्न लागेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।
बिहीबारकोे बैठकमा मन्त्रीहरूले केन्द्रीय समितिलाई आफ्नो कार्यप्रगति विवरण पेश गर्ने तयारी गरेका छन्। मन्त्रीहरुले आफ्ना विवरण सुनाएपछि केन्द्रीय सदस्यसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ।
बैठकमा राष्ट्रिय मेलमिलाप दिवस मनाउने विषय पनि एजेण्डामा राखिएको छ। बैठकमा महासमिति बैठकको तयारीका सम्बन्धमा पनि छलफल हुने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए। बैठक पुस १४ गते सक्ने कांग्रेसकोे तयारी छ।
कांग्रेस केन्द्रीय समितिको बैठक आज, के-के छन् बैठकका एजेण्डा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। तीन दिन चल्ने बैठकमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा मुख्य ‘एजेण्डा’ बनाइएको छ…

