काठमाडौं । मुख्यसचिव वैकुण्ठ अर्याल र तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्ने र ज्ञानेन्द्र बहादुर कार्की जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको संसदीय समितिले ठहर गर्दै शीघ्र अनुसन्धान सक्न अख्तियारलाई निर्देशन दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको गोप्य संवाद रेकर्ड गर्न किनिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहर बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गरेको हो ।
दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक छानबिन शीघ्र सक्नुपर्ने निष्कर्ष समितिले निकालेको हो ।
टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको समितिले उल्लेख गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानल आयोगले गर्ने उक्त टेरमक्स खरिदमा भएको छानबिनको सम्बन्धमा हरेक ३० दिनमा समितिलाई जानकारी गराउन पनि आग्रह गरेको छ ।
लेखा समितिले बुधबार नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायत निकायका अधिकारीहरुसँग छलफल गरेर यसको सबै प्रक्रिया यथास्थितिमा राख्नसमेत निर्देशन दिएको छ ।
अख्तियारले भने यो प्रकरणमा अनुसन्धान अगाडि बढाइसकेको छ । नागरिकको गोग्य संवाद रेकर्ड गर्ने गरी लागू गर्न खोजिएको भन्दै विवादमा आइरहेको सोही प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको आरोप लागेको छ ।
सञ्चार मन्त्रालयकै पूर्वमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की निर्णय प्रक्रियामा जोडिएको टेरामक्सको विषयमा अख्तियारले छानबिन गरिरहेको छ । यो विषय सञ्चार मन्त्रालयसँग जोडिएको विषय भएकाले मन्त्रालयका कर्मचारी पनि अनुसन्धानको दायरामा छन् । टेरामक्स खरिद कार्यमा मूलतः दूरसञ्चार प्राधिकरण जोडिएको छ ।
टेरामक्स खरिद : स्वास्थ्यमन्त्री बस्नेत, मुख्यसचिव अर्याल र पूर्वमन्त्री कार्कीले भ्रष्टाचार गरेको समितिको ठहर
नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको गोप्य संवाद रेकर्ड गर्न किनिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको ठहर बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गरेको हो ।

