बागलुङकाे विकासका लागि साझा संकल्प आवश्यक : सांसद देवेन्द्र पौडेल

बागलुङ । पूर्वमन्त्री एवम् बागलुङ-२ का सांसद देवेन्द्र पौडेलले समग्र बागलुङको विकासका लागि साझा संकल्पको आवश्यकता रहेको बताएका छन् । बुधबार ७ औं बागलुङ महोत्सवलाई सम्बोधन गर्दै पौडेलले बागलुङको समग्र विकासका लागि सबै पक्षको साझा संकल्प आवश्यक रहेको बताएका हुन् । 'समग्र बागलुङको व…

बागलुङकाे विकासका लागि साझा संकल्प आवश्यक : सांसद देवेन्द्र पौडेल
बागलुङ । पूर्वमन्त्री एवम् बागलुङ-२ का सांसद देवेन्द्र पौडेलले समग्र बागलुङको विकासका लागि साझा संकल्पको आवश्यकता रहेको बताएका छन् । बुधबार ७ औं बागलुङ महोत्सवलाई सम्बोधन गर्दै पौडेलले बागलुङको समग्र विकासका लागि सबै पक्षको साझा संकल्प आवश्यक रहेको बताएका हुन् । 'समग्र बागलुङको विकासका लागि राजनीतिज्ञ, व्यवसायी, उद्योगीलगायत सबैको साझा संकल्प आवश्यक छ,' उनले भने, 'हामी पूर्वाग्रही हुन सक्छौं यसको नेतृत्व उद्योग बाणिज्य संघले गर्नुपर्छ ।' जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै अगाडी बढ्नुपर्ने बताउँदै सांसद पौडेलले प्रत्येक पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र यातायातको व्यवस्था हुनपर्ने बताए ।