सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो । यसअघि नै अन्तिम सुनुवाइ सुरु भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।