जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएपछि...

विराटनगर । मोरङमा जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको जेलबाट छुट्ने दिननै मृत्यु भएको हो । कैद भुक्तान अवधि सकिएर सोमबार छुट्ने तयारी भएका सहनीको बिहान ६ बजे मृत्युभ एको हो । पेट पोल्ने र श्वास…

जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएपछि...
विराटनगर । मोरङमा जेलबाट छुट्ने दिनमै कैदीको मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनीको जेलबाट छुट्ने दिननै मृत्यु भएको हो । कैद भुक्तान अवधि सकिएर सोमबार छुट्ने तयारी भएका सहनीको बिहान ६ बजे मृत्युभ एको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशित छन् । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।